2284
Shares
विराटनगर– नेपाली महिला फुटबल टोलीले साफ च्याम्पियनसिपमा इतिहास रच्नबाट चुकेको छ ।
घरेलु मैदानमा उपाधि हासिल गर्ने ‘प्रशस्त संभावना’का बावजूद नेपालका लागि फेरि पनि भारत बाधक बन्यो । लगातार चौथो पटक फाइनलमा भारतसँग पराजित हुँदै नेपाल पाँचौं महिला साफ च्याम्पियनसिपमा उपविजेतामा सीमित हुन पुग्यो
शहीद रंगशालामा भएको भएको फाइनलमा नेपाल भारतसँग ३—१ गोलले पराजित भएको हो ।