२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

“राजनीति र धर्मलाई एकै ठाउँमा राखेर हेर्न हुदैन्”– डा. शेखर कोइराला

4381 Shares
Spread the love

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गणतन्त्र र संघीयताबाट मुलुक अब कुनैपनि हालतमा पछाडि फर्कन नसक्ने बताएका छन् । डा कोइरालाले शहीदहरूको रगतसँग साटिएको गणतन्त्र र संघीयतालाई संस्थागत गर्ने जिम्मा कांग्रेसको काँधमा आएको बताए ।

राजनीति र धर्मलाई एकै ठाउँमा राखेर हेर्न नहुँने बताउँदै डा।कोइरालाले छिटो भन्दा छिटो ऐन बनाएर धर्मको मुद्दा टुंग्याउनुपर्ने बताए ।

जिपी फाउण्डेशन काठमाडौंले आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै डा कोइरालाले संवैधानिक राष्ट्रपतिको अहिलेको क्रियाशिलता र सक्रिय भूमिकाले झस्काएको बताए । कोइरालाले भने,‘हाम्रो संविधानले राष्ट्रपतिलाई सेरेमोनियल भनेको छ तर अहिले राष्ट्रपतिलाई जसरी सक्रिय बनाउन खोजिएको छ यसले मुलुकलाई हित गर्दैन ।’

कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्य सुजाता कोइरालाले मुलुक र प्रजातन्त्रका लागि कांग्रेस एक ढिक्का हुनुपर्ने बताइन् ।

अर्का नेता गगन थापाले पार्टीका जिम्मेवार नेताहरूलाई संविधानसँग बाझिने कुरा गर्दै नहिँड्न आग्रह गरे ।

प्रतिक्रिया