ट्रम्प प्रशासनद्वारा अमेरिकामा बिना कागजातका अपराधिक गतिविधिमा संलग्न नभएका आप्रवासीलाई पक्राउ गर्ने कामले किर्तिमान कायम गरेको छ । आज बिहिबार जारी गरिएको तथ्यांक अनुसार अमेरिका पसेका तर बिना कागजात रहेका तथा कुनै पनि अपराधिक गतिबिधिमा संलग्न न रहेकालाई पनि धर पकड गर्ने कामले किर्तिमान गरेको छ ।
अमेरिकन पूर्व राष्ट्रपति बराक ओबामाको पालामा इमिग्रेसन एण्ड कस्टम इनफोर्समेन्ट (आप्रवासन तथा सीमा शुल्क प्रवर्तन) गुप्तचरले अपराधमा संलग्न भएका दोषी ठहराइएका लाई मात्र प्रकाउ गर्थे । ओबामाको पालामा व्हाइट हाउस छोड्ने अन्तिम कार्यकाल महिना सम्म ८२ प्रतिसत मानिसहरु अपराधिक गतिविधिमा मात्र संलग्न भएकालाई आईसीईले पक्राउ गरेको थियो ।
समग्रमा पक्राउ पर्ने मध्ये मा औसतमा १८ प्रतिसत संग केवल बिना कागजात भएको तथा कुनै अपराधमा संलग्न नभएका पाइएको थियो । ट्रम्पको अभियानमा खराव मानिस ” ब्याड ओम्ब्रे ” जस अन्तर्गत हत्यारा,हिंसात्मक अपराधी तथा खराव समूह सदस्य(ग्यांग मेम्बर ० लाई पक्राउ गर्ने रहेको थियो ।
तर कार्यालयमा बस्ने बित्तिकै आईसीईलाई बिना कागजात आप्रवासी संग मुठभेड भएता पनि पक्राउ गर्ने आदेश दिए पछि अपराधी गतिबिधिमा संलग्न नभएता पनि पक्राउ कार्य तिब्र पारेका छन् ।
मार्च २१ तारिख बिहिबार जारी गरिएको तथ्यांक अनुसार डिसेम्बर महिनामा प्रतिसत घटेर ६३.५ पुग्न गएको छ । सन् २०१२ देखि आइसीईले पक्राउको अभियान सुरु गरे देखि सबै भन्दा न्युनतम रहन गएको छ । अर्थात् बिना कागजात भएका तर कुनै पनि अपराधमा संलग्न नरहेता पनि ३५..५ प्रतिसत मानिसलाई पक्राउ गरिएको जनाएको छ ।
समाचार श्रोत : युएसटुडे डटकम
तस्बिर :एनबिसी न्युजडटकम