2418
Shares
भद्रपुर । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता अगामी वैशाखमा हुने बताएका छन् । झापाको भद्रपुरस्थित मेची रङ्गशालामा निर्माणाधीन दोस्रो कभर्डहलको निरीक्षणका क्रममा मन्त्री विश्वकर्माले वैशाख पहिलो सातादेखि प्रतियोगिता सञ्चालन हुने जानकारी दिएका हुन् ।
राष्ट्रिय खेलकूद परिषद्को बोर्ड बैठकले उद्घाटनको मिति तोक्ने उनले बताए । बाँकेस्थित नेपालगञ्ज रङ्गशालामा प्रतियोगिता सञ्चालन हुने यसअघि नै निधो भइसकेको छ । ‘चैतको तेस्रो सातादेखि प्रतियोगिता शुरु गर्ने योजना बनाएका थियौँ’, मन्त्री विश्वकर्माले भने, ‘रङ्गशालामा प्यारापिटलगायत आवश्यक पूर्वाधार निर्माण सम्पन्न हुन ढिलाइ हुँदा मिति परिवर्तन गर्नुपरेको हो ।’