२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

“हाम्रो कारवाही दलाल पुँजीवादलाई प्रहरीबिरुद्ध होइन” :- विप्लव

1354 Shares
Spread the love

चैत्र ७ – विप्लव समूहले प्रहरी तथा कुनै पनि सुरक्षा निकायमाथि आक्रमण गर्ने आफनो पार्टीको कुनै पनि नीति नरहेको बताएको छ । आज बिहिबार विप्लव समूहका स्थायी समिती सदस्य एवं मध्य केन्द्रीय कमाण्ड इन्चार्ज हेमन्त प्रकाश ओली ‘सुदर्शन’ ले एक विज्ञप्ति जारी गर्दे पार्टीले आफुहरुको कारवाही दलाल पुजिँवादबिरुद्ध भएको उल्लेख छ ।  विज्ञप्तिमा मंगलबार साँझ काभ्रेको रोशी गाउँपालिकास्थित काफलडाँडामा भएको घटनामा आफनो तर्फबाट गोली नचलेको दाबी गरेका छन ।

विज्ञप्तिमा भनिएको छ ‘निःशस्त्र अभियानकर्मीले पहिले नै गोली चलाएकाले प्रहरीले जवाफी गोली चलाएको बकवास गरिएको छ, यो झुट्टा बकवास जनयुद्धाकमा लगाइएको सङ्कटकाललाई स्मरण गराएको छ ।’ प्रहरी आफैँले एकतर्फी गोली चलाएर जवाफी कारवाही गरेर बकवास गरेको भनाई छ । प्रहरीले गोली प्रहार गरेर चार जना नेपाल कम्युनिष्ट पार्टी  (विप्लव समूह) का कार्यकर्तालाई नियन्त्रणमा लिएको थियो ।

notext

मंगलबार साँझ रोशी गाउँपालिकाको काफलडाँडाबाट झापा स्थायी घर भएका शिव धिमाल र सिन्धुपाल्चोकका विशाल तामाङ, भोजपुरका डिकेन्द्र राई र दाङका नुम बहादुर विकलाई नियन्त्रणमा लिएको थियो ।महानगरीय अपराध महाशाखाबाट खटिएका प्रहरी उपरिक्षक (एसपी)  सोमेन्द्र सिंह राठौरले विप्लवका कार्यकर्ताले पहिले गोली चलाएको हुनाले आफ्नो टोलीले जवाफी फायरिङ्ग गरेको दाबी गर्दै बुधबार विज्ञप्ती प्रकाशन गरेका थिए ।पक्राउ परेकाहरुको साथबाट प्रहरीले ६ थान मोबाइल, चार्जर र सांस्कृतिक क्रान्तिको दस्तावेज बरामद गरेको थियो । महाशाखाको टोलीले विप्लवका कार्यकर्ता पक्राउ गर्न चार राउण्ड गोली चलाएको थियो ।

प्रतिक्रिया