२०८३, २ जेष्ठ शनिबार
×

ट्रेन्डिङ

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलः जर्मनी सर्बियासँग बराबरीमा

1504 Shares
Spread the love

एजेन्सी- अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा जर्मनी–सर्बियासँग बराबरीमा रोकिएको छ ।

पहिलो हाफमा १–० ले पछि परेको जर्मनीले दोस्रो हाफमा गोल फर्काउँदै हारबाट जोगिएको हो । १२ औँ मिनेटमा लुका जोविकले गोल गर्दै सर्बियालाई सुरुवाति अग्रता दिलाए ।

जर्मनीका लागि लियोन गोरेट्ज्काले ६९ औँ मिनेटमा बराबरी गोल फर्काए । यो खेलमा जर्मनीका लिरोय साने गम्भीर चोटबाट जोगिए ।

सर्बियाका खेलाडीले गम्भीर फाउल गरे पनि सानेलाई चिन्ताजनक चोट नलागेको जर्मनीको प्रशिक्षक बताएका छन् ।

सानेलाई खेलको ९३ औँ मिनेटमा मिलन पाभकोभले फाउल गरेका हुन् । उनले रातो कार्ड पाए ।

प्रतिक्रिया