२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

विकासमा सरकारले पक्षपात गरेको कांग्रेस नेता रामचन्द्र पौडेलको आरोप

752 Shares
Spread the love

काठमाडौं- गृहजिल्ला तनहुँ पुगेका नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले विकासका काममा पक्षपात गरेको आरोप लगाएका छन् ।

उनले शुरु भएका विकास योजनाको बजेट पनि सरकारले कटौती गरेको बताए । अहिले दुईतिहाइ मतसहितको सरकार भएपनि विकासका क्षेत्रमा काम गर्न नसकेको पौडेलको आरोप छ ।

तनहुँको रिसिङ गाउँपालिका–४ स्थित डाक्रेखोलामा साढे दुई करोडको लागतमा निर्माण हुनलागेको मोटर सञ्चालन हुने पुलको शिलान्यास गर्दै वरिष्ठ नेता पौडेलले कांग्रेसले शुरु गरेको योजनामा बजेट कटौती गरेर सरकारले पक्षपात गरेको बताए।

वरिष्ठ नेता पौडेलले कम्युनिष्टको दुईतिहाइको सरकार भए पनि विकासका केही काम शुरु नभएको र तनहुँका थुप्रै योजना अहिले अलपत्र अवस्थामा रहेको गुनासो पनि गरे।

प्रतिक्रिया