भारत पाकिस्तानबीचको तनावले आर्थिक , सांस्कृतीकदेखि खेल क्षेत्रमा पनि समस्या देखिदै आएको छ । यसैबीच पाकिस्तानले भारतबिरुद्ध अन्तराष्ट्रिय क्रिकेट काउन्सिलमा उजुरी गरेको थियो। भारतीय क्रिकेट बोर्डले सम्झौता अनुसार सर्तहरूको पालना नगरेको भन्दै पाकिस्तान क्रिकेट बोर्डले मुद्धा हालेको थियो । जुन मुद्धा पाकिस्तानले हारेको छ । मुद्धा हारेसंगै पाकिस्तानले १६ लाख डलर जरिवाना तिर्नुपरेको छ । पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले भारतसंग भएको सम्झौताको सम्मान नगरेको भन्दै उजुरी दर्ता गरेको थियो।

सो सम्झौता अनुसार सन् २०१५ देखि सन् २०२३ सम्म भारतले पाकिस्तान विरूद्ध ६ दुई पक्षिय सिरिज खेल्नुपर्ने थियो जनु भारतले अस्वीकार गर्दे आईरहेको छ । भारतले पाकिस्तानले आफनो भुमिमा रहेको आतंककारी संगठनलाई कारवाही नगरेको भन्दै पाकिस्तानसंगको खेल बहिष्कार गर्दे आईरहेको छ । पाकिस्तानको उजुरीपछि बिसिसिआइले भने सरकारले अनुमति नदिएकाले खेल्न नसकेको दाबी गरेको थियो।
त्यस्तै सो सम्झौता कानुनीरूपले बाध्यकारी नभएको पनि भारतको दाबी थियो। उसले त्यो बाध्यकारी नभइ एक प्रस्तावमात्र भएको बताएको थियो। मुद्धा हारेपछि पाकिस्तानले सो रकम तिरेको पनि स्वीकार गरेको छ । गत वर्ष पिसिबीले बिसिसिआइले करिब ७ करोड अमेरीकी डलर तिर्नुपर्ने दाबीसहित बिवाद सुल्झाउन समितिमा मुद्धा दायर गरेको थियो।