1934
Shares
विराटनगर जारी साफ महिला फुटबल च्याम्पियनसिपमा नेपालले श्रीलंकाविरुद्ध शानदार जित हासिल गरेको छ। जितसंगै नेपाल फाइनलमा प्रवेश गरेको छ ।आज भएको पहिलो सेमिफाइनलमा श्रीलंकाविरुद्ध ४–० गोल अन्तरको जित निकाल्दै नेपालले फाइनलमा स्थान बनाएको हो । नेपालले अब उपाधिका लागि भारत र बंगलादेशबीचको विजेतासँग प्रतिस्पर्धा गर्ने छ ।नेपालले पहिलो हाफमा १ गोल गरेको थियो भने बाँकी तीन गोल दोस्रो हाफमा सम्भव भएको हो । पहिलो हाफको ४२ औं मिनेटमा पुनम जर्घामगरले गोल गर्दै अग्रता दिलाएकी हुन् । ७२ औं मिनेटमा अनिता बस्नेतले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन् । त्यस्तै ८१ औं मिनेटमा सावित्रा भण्डारीले नेपालका लागि व्यक्तिगत पहिलो र टिमका लागि तेस्रो गोल गरिन् ।प्रतियोगिता अन्तर्गत आजै दिउँसो सोही मैदानमा भारत र बंगलादशेबीच दोस्रो सेमिफाइनल हुने छ ।