२०८३, १० कार्तिक सोमबार
×

पाकिस्तानले सिमामा तैनाथ गर्‍यो लडाकु विमान , भारतले पनि थाल्यो तयारी

1209 Shares

पुलवामामा आक्रमणपछि भारत पाकिस्तानबीच सुरु भएको अघोषित युद्ध रोकिए पनि यी दुबै देशबीचको तनाव भने सकिएको छैन । हालै पाकिस्तानले भारतीय सिमा क्षेत्रमा लडाकु विमान तयारी अवस्थामा राखेपछि भारतले पनि आफनो सैनिक क्षमता बढाईरहेको छ । उसले सम्भावित घटनालाई मध्यनजर गर्दे लडाकु विमानका लागि आवश्यक गोलाबारुदहरुको खरिद प्रक्रिया अगाडी बढाएको छ । इकोनोमिक्स टाइम्सका अनुसार दुबै देशले आफनो सोर्टीजको संख्या पनि बढाएको छ भने दुबै सम्भावित घटनालाई लिएर निकै सजग बनिरहेको दाबी छ । समाचारमा जनाइए अनुसार पाकिस्तानले आतंककारीहरुको समूहलाई पनि भारतीय सेनाको पहुँच भन्दा टाढा राखेको दाबी छ ।

यता भारतले सिमामा पाकिस्तान लडाकु विमान तयारी अवस्थामा राखेको जानकारी पाएपछि भारतले आफना सेनालाई हाईअलर्टमा राखेको छ । भारतले आफनो सोर्टीज मिसाइल समेत लोड गरी तयारी अवस्थामा राखेको बताईन्छ । यो मिसाईलको आक्रमणले गोलाबारुदको क्षमता कम हुने बताईन्छ । भारतले जम्मु कश्मिरमा पनि फाईटर लडाकु विमानको संख्या बढाएको छ । उसले पाकिस्तानसंगको बर्तमान समस्यालाई मध्य नगर गर्दे गोलाबारुदको आपतकालिन खरिद प्रक्रिया अगाडी बढाएको हो ।

notext

पुलवामामा भएको आतंककारी हमलामा ४६ जना सेनाको हत्या भएपछि आक्रोसित भारतले बालाकोटमा हजार किलोको बम खसालेको थियो । उसले सो क्षेत्रमा जैस ए मोहम्मदको ठेगान रहेको भन्दै आक्रमण गरेको थियो । भारतले सो क्षेत्रमा जैस एए ले पुन आक्रमण गर्ने योजना र तयारी गरिरहेको भन्दै आक्रमण गरेको थियो । जहाँ भारतले ३ सयभन्दा बढि आतंककारीहरुको ज्यान गएको दाबी गरेको थियो । तर पाकिस्तान , जैस ए र अन्तराष्ट्रिय मिडियाले भने सो क्षेत्रमा कुनै पनि हाताहती नभएको प्रस्ट पारेको थियो तर भारतले भने अझै पनि सो कुरालाई स्वीकार गरिरहेको छैन ।

यता पाकिस्तानले अन्तराष्ट्रिय दबाब बढेपछि पाकिस्तानले आफनो भुमिमा रहेको चरमपंथी संगठनमाथि धरपकड गरिरहेको भए पनि उसले जैस एलाई भने संरक्षण गरिरहेको आरोप लागिरहेको छ । यता पाकिस्तानले जैस ए का मुखिया मसूद अजहरमाथि पनि कुनै कारवाही गरेको छैन । यता प्रधानमन्त्री इमरान खानले भने अब पाकिस्तानमा आतंककारी गतिविधी स्वीकार्य नहुने बताउँदै आएका छन् । तर उनले जैस ए माथि भने कुनै कारवाही गरेको खबर बाहिरिएको छैन

प्रतिक्रिया