काठमाडौं । स्वीस बैंकमा नेपालीहरुको ३२२.८८ मिलियन स्वीस फ्र्यांक अर्थात करिब ३५ अर्ब नेपाली रुपैयाँ रहेको सनसनीपूर्ण खुलासा भएकाे छ । एक अङ्ग्रजी दैनिक पत्रिकाले नेपालीहरूले अबैध रूपमा अार्जित सम्पती स्वीस बैङ्कमा राखेकाे समाचार प्रकाशित गरेपछि बिदेशी बैङ्कमा नेपालीले कालाे धन लुकाइराखेकाे खुलासा भएकाे हाे ।
उक्त समाचार प्रकाशन भएपछि नयाँ शक्ति नेपाल पार्टीका संयाेजक डा संयोजक डा. बाबुराम भट्टराईले नेपालीले स्वीस बैंकमा लुकाइराखेको रकमबारे सत्यतथ्य बाहिर ल्याउन माग गरेका छन ।
‘नेपालबाट अवैध ढंगले आर्जित अकूत सम्पत्ति विदेशी बैंकमा राख्ने गरेको कुरा विगतमा पनि उठ्ने गरेको हो,’ माइक्राे ब्लगिङ साइट ट्वीटरमा उनले लेखेका छन ‘अब त स्वीस बैंकले नेपालीहरूको ३२२.८८ मिलियन स्विस फ्र्यांक अर्थात् करिब नेपाली रुपैयाँ ३५ अर्ब लुकाएर राखेको खुलासा गरेको छ ।’
पूर्वप्रधानमन्त्री समेत रहेका डा भट्टराईले यसबारे अधिकारसम्पन्न स्वतन्त्र छानबिन आयोग बनाएर सत्यतथ्य पत्ता लगाउन समेत माग गरे ।
स्वीस बैंकका अनुसार नेपालीको उक्त रकम सन् २००८ देखि २०१७ सम्म विभिन्न समयमा जम्मा गरिएको हो । नेपाल राष्ट्रबैंकले विदेशी बैंकमा सिधै रकम पठाउने सुविधा नदिए पनि स्वीस बैंकमा नेपालीको पैसा बढिरहेको पाइएको छ । पछिल्लाे १० वर्षमा स्वीस बैङ्कमा लागतार रूपमा नेपालीहरूकाे रकम बढेकाे समाचारमा जनाइएकाे छ ।
संसारका २०० राष्ट्रमध्य स्वीस बैङ्कमा कालाेधन जम्मा गर्ने राष्ट्रकाे सूचीमा १ सय ९ अाैँ स्थानमा रहेकाे छ । स्वीस बैङ्कले खातावालाकाे ब्यतिगत विवरण गाेप्य राख्ने भएकाले ब्यक्तिगत कसकाे कति रकम छ भन्ने विवरण नखुले पनि नेपाली ब्यवसायी तथा नेताहरूले स्वीस बैङ्कमा अबैध रूपमा अार्जित अकूत सम्पति लुकाएकाे हुन सक्ने बताइएकाे छ । स्वीस बैङ्क संसारका बिभिन्न देशका ब्यवसायीहरले कर छल्न तथा अकूत सम्पति लुकाउन खाता खाेलि जम्मा गर्ने गरेका छन् । यसकाे प्रधान कार्यालय स्वीजरल्याण्डमा रहेकाे छ । बेलायत, पश्चिम भारत, फ्रान्स र जर्मनी स्वीस बैङ्कमा अकूत कालाेधन जम्मा गर्ने टप पाँच राष्ट्र हुन् ।