२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

“बहुमतको सरकारले एक बर्षको कार्यकालमा केही लछारपाटो लगाउन सकेन”– युवा नेता तिर्थ लामा

942 Shares
Spread the love

आशिष तामाङ

काभ्रे – कांग्रेस क्षेत्रीय सभापति एबम पुर्ब सांसद युवा नेता तिर्थ लामाले आफु यस क्षेत्रको पुर्वसांसद तथा कांग्रेसको प्रतिनिधि भएको हैसियतले त्यस क्षेत्रमा बिकाश गर्न पुगेको बताए । माहभारत गाँउपालिका–८, घर्तिछापमा भएको नेपाली कांग्रेस जिल्ला समिति काभ्रेको नियमित बैठकमा उनले सो कुरा बताएका हुन् ।

उनले कार्यक्रममा नेपाली कांगे्रसले चाहेको समृद्धि लोकतान्त्रिक समृद्धि भएको बताए । उनले २०७४ सालमा नेपाल कम्युनिष्ट पार्टीले समृद्धि ल्याउने बाचा गरेर चुनाब जितेपनि नेकपा सरकारले केही लछारपाटो नलगाएको बताए । उनले दुईतिहाई बहुमत प्राप्त गरेको सरकारले अवसर पाएको बेला काम गर्न नसकेको बताउदै यो अवसर कम्युनिष्ट सरकारको लागि अन्तिम अवसर भएको बताए ।

नेपालको सम्पूर्ण आन्दोलनको उपलब्धि नेपाली कांग्रेसले नै गरेको दाबी गर्दै उनले फेरीपनि देश बनाउने जिम्मेवारी काग्रेसकै काँधमा आएकोले कांग्रेसको संगठन जरादेखि नै मजबुद बनाउदै लैजानुपर्ने बताए । गाँउमा भएका शिक्षित तथा बुद्धिजीवी बर्गले जनचेतना फैलाई सबैलाई एकसाथ लैजानुपर्ने र देश निर्माणमा सहयोग पुर्याउनुपर्ने बताए ।

लामाले कांग्रेसको बलियो बिचारले नै देशमा समृद्धि ल्याउन सकिने बताउदै काभ्रेको महाभारत गाँउपालिकाबाट नै समृद्धि शुरु गर्नुपर्ने बताए । नेपाली कांग्रेसको पहलमा भएको बिकाशलाई सम्झदै उक्त क्षेत्रको बिकाश पनि पारदर्शी ढङ्गले गर्नुपर्ने बताए ।

उनले कार्यक्रममा आफ्नो मन्तब्यलाई ट्ङ्गाउदै जनताको चेतना, उन्नती, प्रगतिमा बिकाश भएमा मात्र बलियो नेपाल निर्माण गर्न सकिने बताउदै जनताको हरेक दुःख, शुःख, पिर मर्कामा नेपाली काग्रेसले जनताको साथ दिईरहने प्रतिबद्धता ब्यक्त गरे ।

कार्यक्रम सभापती रकम सिङ लामाको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथी जिल्ला सभापती मधु आचार्य, जिल्ला सचिव दिनेस लामा लगायत जिल्ला कार्यसमितीको साथमा प्रधिनिधिसभा प्रत्यासी उम्मेदवार , प्रदेशसभा प्रत्यासी उम्मेदवार सिबि लामा सहितको उपस्थीतीमा मोबाइल बैठक सम्पन्न भएको थियो ।

प्रतिक्रिया