२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

“सरकारको कामकारवाहीमा प्रष्टता, प्रभावकारिता र सदाचारिता देखिएन”– नयाँशक्ति पार्टी

853 Shares
Spread the love

काठमाडौँ– नयाँशक्ति पार्टी नेपाललले सरकारको कामकारवाहीमा प्रष्टता, प्रभावकारिता र सदाचारिता नदेखिएको बताएको छ । चैत्र २ गते नयाँ शक्ति पार्टी नेपालको बैठकका समसामयिक विषयमा भएको निर्णयलाई सार्वजनिक गर्दै नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले सरकारको काम कर्तव्य प्रति खण्डन गरेका हुन् ।

जनताको तहबाट प्रचुर मात्रामा सम्भावना र जनअपेक्षा भएको पार्टी र सरकार रहेको भएपनि सरकारको भिजन, इच्छाशक्ति, संकल्प, व्यवस्थापकीय क्षमता र कार्यशैलीका दृष्टिकोणले सरकार पुरानै नियत र नियतिको सामान्य निरन्तरता मात्र बन्न पुगेको आरोप समेत लगाएका छन् ।

अर्थतन्त्रका कुनै पनि सूचकले ‘समृद्ध नेपाल र सुखी नेपाली’को नारालाई सम्पुष्टि गर्न नसकेको, एनसेल, बुढीगण्डकी प्रकरण, वाइडबडी जहाज खरिद, ३३ किलो सुन, कालो धनसँगको संश्रयजस्ता ठूला आर्थिक अनियमितता र भ्रष्टाचारमा सरकारको संलग्नता प्रष्ट देखिएको भन्दै नयाँ शक्ति पाटी नेपालले सत्तारुढ नेकपा सरकारको पहिलो १ वर्षको कार्यकाल पूर्णतः असफल रहेको निष्कर्ष समेत निकालेको छ ।

साथै नेता सीके राउतबीचको हठात, हचुवा र द्विअर्थी सम्झौताले देशको अखण्डता र सार्वभौमसत्तामाथि गम्भीर आशंका उत्पन्न भएको डा. भट्टराईले बताएका छन् । प्रधानमन्त्री स्वयम्ले विखण्डनजस्तो संगीन मुद्दामा जोडिएको व्यक्तिलाई राष्ट्रका लागि निक्कै ठूलो योगदान गरेको ‘हिरो’ जस्तो अतिरञ्जित प्रस्तुति दिनु शोभनीय नरहेको भन्दै यो घटनाले राष्ट्रवादी सरकारको नाटकिय चर्तिकलामा थप स्पष्ट पारेको नयाँशक्तिले जनाएको छ ।

सत्तारुढ नेकपा सरकारले गरेको नेत्रविक्रम चन्द नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाउने अपरिपक्क रहेको भन्दै हतारोमा निर्णय गरिएको अराजनीतिक र अपरिपक्व निर्णय भएको भन्दै राज्य आफैले लुटतन्त्रलाई संस्थागत गरिरहेको अवस्थामा विद्रोही शक्तिलाई ‘लुटेरा’ चित्रण गर्ने नैतिक तथा राजनीतिक अधिकार कमजोर भएको बताएका छन् ।

प्रतिक्रिया