२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

संसद अवरोध हटाउन सभामुखको पहलमा छलफल शुरु

1257 Shares
Spread the love

काठमाडौं– लगातार संसद बैठक अवरोध गर्दै आएको राष्ट्रिय जनता पार्टी (राजपा)को माग सम्बोधन गर्न छलफल शुरु भएको छ ।

सभामुख कृष्णबहादुर महराको पहलमा सरकारको तर्फबाट उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरल, कानून न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, राजपाको अध्यक्ष मण्डलका सदस्यहरू, सत्ता पक्ष नेकपाका उपनेता, प्रमुख सचेतक, पूर्वसभामुख लगायतको उपस्थितिमा छलफल जारी छ ।

पूर्वन्यायाधीश गिरिसचन्द्र लालको अध्ययन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राजपाका सांसदहरुले सोमबारको बैठक पनि अवरुद्ध पारेका हुन् । त्यसअघि पनि संसद बैठक अवरोध गर्दै आएका थिए ।

प्रतिक्रिया