
विश्वको अबल र मुटुको धड्कन नै रोकिदिने खालको खेलपछि जब लियोनल मेस्सीले खेलाडि किलियान एमबापेलाई अकंमाल गरे त्यो अविस्मरणिय क्षणले एक जना खेलाडिबाट अर्को खेलाडिमा महानता स्थानतरन भइरहेको संकेत दिइरहेको थियो ।
कजान एरिनामा अर्जेन्टिना र फ्रान्स बिचको उक्त खेल हेरेका सबैजना तरंगीत हुँदै रंगशालाबाट बाहिरिएका थिए । उनीहरुलाई थाहा थियो कि बर्षौ सम्म सम्भ,ना भइरहने एउटा नकआउट चरणको विशेष खेल हेन अवसर उनीहरुले हेर्ने मौका पाएका थिए । र, एकजना खेलाडिले त्यस समयमा सबैको ध्यान आफूतिर तानेका थिए । एमबापे १९ वर्षका मात्र छन् तर उनले दुई गोल गरे ।
सन् १९९८मा घरेलु मैदानमा पहिलो पटक फ्रान्ले विश्वकप फुटबलको उपाधि जित्दा एमबापे जन्मिएका पनि थिएनन् । त्यो विश्वकप अन्तर्गत ३० जुन १९९८मा इङग्ल्याण्डका स्ट्राइकर माइकल ओभेनले अर्जेन्टिनाको रक्षापंक्ति छलाउँदै एउटा उत्कृष्ट गोल गरेका थिए । कजानमा ठ्याक्कै २० वर्षपछि एम्बापेले ओभेनकै शैलिमा आक्रमक खेल देखाए ।
सन् १९९८ को डिसेम्बर २० मा जन्मेका एमबापे अहिले प्राविधिक ग्रुपमा मोनाकोबाट सापतमा आएर परिससेन्ट जर्मनबाट खेलिरहेका छन् । फ्रेन्च फुटबल च्याम्पियन उक्त क्लबमा उनी १८० मिलियन युरोमा आवद्ध हुन लागेका हुन् । विस्तृत जानकारीका लागि पूरा भिडियो हेर्नुहोस् ।
https://youtu.be/Tsr7wVNeflY