२०८३, २ जेष्ठ शनिबार
×

ट्रेन्डिङ

युभेन्टसको अपराजित यात्रामा लाग्यो पूर्णविराम

1917 Shares
Spread the love

एजेन्सी– इटालियन सिरिए फुटबलमा युभेन्टसको अपराजित यात्रालाई जिनोआले पूर्ण विराम लगाई दिएको छ । स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई विश्राम दिइएको खेलमा युभेन्टस आइतबार राति जिनोआसँग २–० गोलले पराजित भएको छ ।

जिनोआको घरेलु मैदानमा भएको खेलमा युभेन्टसलाई सिजनको पहिलो हार चखाउन स्टेफानो स्टुरारोले ७२औं मिनेटमा पहिलो गोल गरेका थिए । ८१औं मिनेटमा गोरन पाण्डेले गोलगर्दै जिनोआको जित सुनिश्चित गरे ।

युभेन्टसले दोस्रो हाफको सुरुआतमा पोउलो डिबालाको गोलमा अग्रता लिएपनि भिएआरले उक्त गोललाई अफसाइड ठहर गरेको थियो । च्याम्पियन्स लिगमा उत्कृष्ट कमब्याक गर्दै युभेन्टसलाई क्वार्टरफाइनलमा स्थान बनाउन रोनाल्डोलाई यस खेलमा विश्राम दिईएको थियो ।

हारेपनि शीर्ष टोली युभेन्टसले २८ खेलबाट ७५ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको नापोलीको ६० अंक छ । जितसँगै ३३ अंक बनाएको जिनोआ १२ औं स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया