२०८३, १० कार्तिक सोमबार
×

दुलहाले दुलहीका साथीका प्रश्नको जवाफ दिन सकेनन्, बिवाह रोकियो

1845 Shares

एजेन्सी- भारतको बिहारस्थिती एक दुलहीले दुलहा अशिक्षित हुँदा विवाह गर्न अस्विकार गरेकी छिन् । दुलहीले यो निर्णय ‘वरमाला’ लगाइदिएपछि लिएकी हुन् । युवतीको यो निर्णय गाउँलेले स्वागत गरे । यस्तै विवाहमा आएका व्यक्तिले उनको हिम्मतको तारिफ गर्दै आफ्नो पढे लेखेको छोरासँग विवाहको प्रस्ताव राखे जसलाई युवतीले स्विकार गरिन् ।

भारतीय मिडिया अनुसार यो घटना मार्च १३ तारिखको हो । विवाहको कार्यक्रम चलिरहँदा दुलहीका साथीसँग दुलहा कुरा गरिरहेका थिए । त्यतिबेला उनीहरुलाई विवाह शिक्षित भएकोमा शंका लाग्यो । युवतीका साथीले उनलाई विभिन्न प्रश्न सोधिरहेका थिए । तर कुनैको पनि सही जवाफ दिन सकिरहेका थिएनन् ।

सयका नोट गन्न दिएः
दुलहीका साथीहरुले दुलहालाई सयका १० वटा नोट गन्न दिए । ती पैसा दुलहाले तीन पटक प्रयास गर्दा पनि राम्रोसँग गन्न सकेनन् । त्यसपछि उनलाई उनको नाम र गाउँको नाम सोधियो । उनीहरुले एकैछिनमा दुलहा अशिक्षित भएको पत्ता लगाए । त्यसपछि युवतीले हिम्मत देखाइन् र विवाह गर्न अस्विकार गरिन् ।

त्यसपछि पढे–लेखेका युवकसँग गरिन् विवाहः
दुलहीको यो निर्णयले सबैजना प्रभावित थिए । विवाहमा सरिक एक व्यक्तिले पनि तारिफ गर्दै आफ्नो छोरसँग विवाहको प्रस्ताव राखे । उनले आफ्नो छोरा शिक्षित भएको बताउँदै विवाहका लागि राजी भए नभएकोबारे सोधे । युवती पक्षले उक्त प्रस्ताव स्विकार गरे ।

प्रतिक्रिया