काठमाडौँ- परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आज (सोमबार) अर्जेन्टिना प्रस्थान गर्ने भएका छन् । अर्जेन्टिनाको राजधानी ब्यूनसआयर्समा आयोजना हुन लागेको दक्षिण–दक्षिण सहयोग सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय दोस्रो उच्चस्तरीय सम्मेलनमा भाग लिन त्यसतर्फ जान लागेका हाुन् ।
चैत ६ देखि ८ गतेसम्म आयोजना हुने सम्मेलनमा मन्त्री ज्ञवालीले ‘दिगो विकासका चुनौती र अवसर’ विषयमा मन्तव्य दिने कार्यक्रम छ । त्यसैगरी, अर्जेन्टिनाका विदेशमन्त्रीद्वारा चैत ७ गते आयोजना गरिने एशियाली मुलुकका अधिकारीसँगको उच्चस्तरीय बैठकमा मन्त्री ज्ञवाली सहभागी हुने कार्यक्रम छ ।
मन्त्री ज्ञवाली अर्जेन्टिनामा रहँदा विभिन्न मुलुकका समकक्षीसँग द्विपक्षीय भेटवार्ता हुने कार्यक्रम समेत तय भएको जनाइएको छ । सम्मेलनमा मन्त्री ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्डलमा ब्राजिलका लागि नेपालका राजदूत ताराप्रसाद पोखरेल र परराष्ट्र मन्त्रालयका एक जना अधिकारीको समेत सहभागिता रहने छ । उनी चैत ९ गते स्वदेश फर्कने छ ।