एजेन्सी- एफए कप फुटबलको क्वाटरफाइनल अन्तर्गत हिजो राति भएको खेलमा प्रिमियर लिग प्रतिद्धन्द्धी वल्भ्ससँग २-१ ले पराजित हुँदै म्यानचेस्टर युनाइटेड खेलबाट बाहिरीएको छ । शनिबार राति भएको खेलमा घरेलु मैदानमा म्यानचेस्टर युनाइटेलाई हराउदै २१ वर्षमा पहिलो पटक वल्भ्स कपको सेमिफाइनल पुगेको हो ।
वल्भ्सको जितमा राहुल जिमिनेज र डिएगो जोटाले गोल गरे । युनाइटेडका मार्कुस रासफोर्डले एक गोल फर्काए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ७०औं मिनेटमा राहुलको गोलबाट वल्भ्सले खेलमा एक गोलको अग्रता बनाएको थियो । ७६औं मिनेटमा रुवेन नेभेसको पासमा डिएगो जोटाले गोल गर्दै वल्भ्सको जित पक्का गरे ।
खेलमा २–० ले पछि परेपछि युनाइटेडले आक्रमक फुटबल खेल्दै इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा मार्कुस रासफोर्डले एक गोल गर्न सफल भएपनि टिमलाई हारबाट जोगाउन सकेन ।
त्यस्तै कप अन्तर्गत नै हिजो राति भएका अन्यखेलमा वाटफोर्डले क्रिस्टल प्यालेसलाई २–१ ले पराजित गर्दै सेमिफाइनल पक्का गरेको छ भने म्यानचेस्टर सिटीले स्वान्सी सिटीलाई ३–२ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।