२०८३, २ जेष्ठ शनिबार
×

ट्रेन्डिङ

रियल मड्रिड लयमा फर्कियो, सेल्टा भिगोमाथि २-० को जित

1488 Shares
Spread the love

एजेन्सी- ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियल मड्रिड विजयी भएको छ ।

जिनेदिन जिदानले प्रशिक्षकको रुपमा दोश्रो कार्यकाल सम्हालेको पहिलो खेलमा सेल्टा भिगोलाई २-० ले पराजित गर्दै मड्रिड लयमा फर्किएको हो ।

सान्टियागो बर्नाबाउमा भएको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा रियलले दुई गोल गर्यो । खेलको ६२औं मिनेटमा इस्कोले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । उनले करिम बेन्जेमाको पासमा गोल गरेका थिए ।

त्यसपछि ७७औं मिनेटमा ग्यारेथ बेलले गोल गर्दै रियललाई दुई गोलको अग्रता दिलाए । उनले मार्सेलोको पासमा गोल गरेका थिए । जितसँगै रियलले २८ खेलबाट खेल तालिकामा ५४ अंक बनाएको छ । एक खेल कम खेलेको बार्सिलाना ६३ अंकसहित शीर्ष स्थानमा यथावत छ ।

प्रतिक्रिया