२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

मन्त्री महासेठले गरे राजीनामाको संकेत!

1162 Shares
Spread the love

जनकपुर – भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री रघुवीर महासेठले मन्त्री पदबाट राजीनामा दिने संकेत गरेका छन् ।

शनिबार जनकपुरमा मुजेलीया स्थित राधाकृष्ण सार्वजनिक पुस्ताकलयका नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महासेठले मन्तव्यको क्रममा आफू मन्त्री नरहेपनि सांसद पदमा रहिरहने भन्दै जनकपुरको विकासका लागि निरन्तर लागिपर्ने बताए ।

उनले आफू मन्त्री नरहँदा पनि जनकपुरसहित हरेक क्षेत्रको विकासका लागि निरन्तर लागिपरेको दावी गर्दै पूर्वाधारसहित हरेक क्षेत्रको विकास आवश्यक रहेको बताए ।

मन्त्री महासेठले मन्त्री फेरबदलबारे पार्टीमा कुनै किसिमको विवाद नरहेको पनि स्पष्ट पारे । उनले मन्त्री बनेर मात्रै जनकपुर क्षेत्रको विकास सम्भव नरहेको समेत जिकिर गरे ।

उनले जनकपुरमा मणिपाल अस्पतालको लागि वर्षौंदेखि रहेको निर्माणाधीन भवनमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने बताए ।

यसैबीच राधाकृष्ण सार्वजनिक पुस्तकालको कार्य समितिमा ११ जना सर्वसम्मत चयन भएका छन् । जसको अध्यक्षमा विद्याकर प्रसाद साह, उपाध्यक्षमा राजकिशोर यादव, सचिवमा रामसिनेही साह, सह–सचिव रामपृत साह र कोषाध्यक्ष पंकज मिश्र चयन भएका हुन् ।

यस्तै सदस्यहरुमा रामजस यादव, मिथुन प्रसाद यादव, अरुण यादव, शम्भु यादव, भुपेन्द्र राउत र संजय राउत सर्वसम्मतवाट निर्वाचित भएको निर्वाचन अधिकृत हरिलाल राउतले जनाए ।

प्रतिक्रिया