पछिल्लो समय नेपाली कांग्रेसका केही नेताहरुले जनमत संग्रहबाट नेपालमा हिन्दु राज्यको बहष हुनु पर्ने बताउँदै आएका छन् । तर पार्टीका सभापति शेर बहादुर देउवाले भने धर्मको बिषयमा बोल्नुको कुनै औचित्य नरहेको बताएका छन् । पार्टीका नेताद्धय शेखर कोइराला र शशांक कोइरालाले हिन्दू धर्मका पक्षमा बोलिरहेको बेला देउवाले यस्तो बताएका हुन् । कांग्रेस धर्मका विषयमा संविधानमा उल्लेख भएको व्यवस्थाप्रति प्रतिबद्ध रहेको बताउँदै यी दुई नेतामाथि काउन्टर हानेका हुन् ।

उनले गरिजाप्रसाद कोइरालाले धर्म निरपेक्षताको नेतृत्व गरेकाले शेखर र शशांक कोइरालाले हिन्दू धर्मका पक्षमा बोलेर केही नहुने बताएका हुन् । साथै उनले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई हत्याहिंसा छोडेर वार्तामा आउन समेत आग्रह गरे । देउवाले सरकार निरंकुशताको बाटोतर्फ अग्रसर हुँदै गएको बताउँदै विप्लवलाई शान्तिपूर्ण राजनीतिमा आउन आग्रह गरे गरेका हुन् ।