एजेन्सी- फिफा काउन्सिल र कतारी पदाधिकारीको बैठकले २०२२ को कतारमा आयोजित फिफा विश्वकप फुटबलमा सहभागी देशको संख्या ४८ पुर्याएको छ । यसअघि फिफा विश्वकपमा ३२ टोलीको सहभागीता थियो ।
अमेरिकाको मायामीमा बसेको फिफा काउन्सिल र कतारी पदाधिकारीको बैठकले सन् २०२२ को विश्वकपमा सहभागी राष्ट्र ३२ बाट ४८ पुर्याउने निर्णय गर्दै कुवेत र ओमानमध्ये एक देशलाई कतारसँगै सह-आयोजकको रुपमा राख्ने भएको छ ।
सहभागी देशको संख्या बढेपछि प्रतियोगिताको मिति पनि लम्बिएर सहभागी देशको संख्या बढेपछि प्रतियोगिताको मिति पनि नोभेम्बर २१ देखि डिसेम्बर १८ तोकिएको छ । अमेरिकी देशमा हुने लागेको सन् २०२६ को विश्वकपमा भने यसअघि नै ४८ राष्ट्रले सहभागिता जनाउने तय भइसकेको छ ।
सोही बैठकले २०२९ बाट सुरू हुने विश्व क्लब विश्वकपमा सहभागिता जनाउने टिमको संख्या २४ पुर्याएको छ । २०२९को विश्वकपलाई युरोपियन क्लबले बहिष्कार गर्ने चेतावनी भने दिँदै आएको छ ।