२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

प्रचण्डलाई लक्षित गर्दै पौड्लले भने “सर्पको खुट्टा सर्पले नै देख्छ”

1669 Shares
Spread the love

कपिलवस्तु – नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेत्रविक्रम चन्द बिप्लबको समस्या समाधानको जिम्मेबारी नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लिनु पर्ने बताएका छन् ।

पार्टीको कपिलवस्तु क्षेत्रीय कार्य समिति ३ ले यशोधरा गाँउपालिकाको अम्लोनहामा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै नेता पौडेलले हिजो युद्धमासगै रहेका प्रचण्डले विप्लबको समस्या समाधनका लागि अग्रसर हुनु पर्ने सुझाव दिए ।

सर्पको खुट्टा सर्पले नै देख्ने बताउदै समस्या समाधानको उपाय पनि प्रचण्डले नै निकाल्नु पर्ने उनको तर्क थियो । राष्ट्र बिखण्डनको मुद्दा बोकेका सीके राउतसँग सरकारले अपरिपक्व निर्णय गरेको बिषय राउत जनकपुर पुग्दा छर्लङ्ग भएको पौडेलको भनाइ छ ।

नेपालका किसानलाई पानी जहाज नभइ खेती गर्ने पानी चाहिएको उल्लेख गर्दै उनले सरकार र प्रधानमन्त्री प्रति कटाक्ष पनि गरे । मधेसका नेता पदको दौड धुपमा मात्र लागेको तर मधेसको बिकासमा ध्यान नपुर्याएको उनको आरोप थियो । सरकारको एक बर्षको उपलब्धि शून्य भएको नेता पौडेलको भनाइ थियो ।

कार्यक्रममा केन्द्रीय सदस्य अतहर कमालले उग्रराष्ट्रबादको नारा बोक्ने केपी ओली र बिखण्डनको उग्र नारा बोक्ने सीके राउतबीचको साठगाँठमा बिगतमा जनता झुक्याईएको आरोप लगाए । त्यस्तै नेता दीपकुमार उपाध्यायले बिखण्डन रोजेका सीकेसंग सहमति गरेर राष्ट्रबाद बोक्ने बिप्लबलाई प्रतिबन्ध गरेर सरकारले नयाँ द्धन्दको बिजारोपण गरेको तर्क गरेका छन् ।

नेपाली काँग्रेसका जिल्ला सभापति सुरेन्द्रराज आचार्यले सरकारले गरीब र किसानका समस्या समाधानमा चासो नदिएको आरोप लगाए । कार्यक्रममा क्षेत्रीय सभापति गृजेश कुमार पाण्डेय, तरुण दलका केन्दीय महामन्त्री भूपेन्द्रजंग शाही, पूर्व जिल्ला सभापति राजेश आचार्य, सुधाकर पाण्डेय लगायतले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया