२०८३, १० कार्तिक सोमबार
×

न्यूजिल्याण्ड गोलीकाण्डमा कम्तीमा ३० को मृत्यु ,आक्रमणकारीले शेयर गरे भिडियो

1805 Shares

क्राइस्टचर्च। एक २८ वर्षीय अस्ट्रेलियन ‘श्वेत वर्चश्ववादी’ले न्यूजिल्याण्डको मस्जिदमा अन्धाधुन्ध गोली चलाएर कम्तीमा ३० जनाको हत्या गरेका छन् । प्रत्यक्षदर्शीका अनुसार देशको दक्षिण द्विपमा अवस्थित क्राइस्टचर्च शहरमा अल नुर मस्जिदमा एक अर्ध स्वचालित बन्दुक र एक राइफलसमेतका हतियारबाट ती बन्दुकधारीले करिब ५० राउण्ड फायर गरेको बताइएको छ ।

notext

बन्दुकधारीले ट्वीटरमा आफ्नो नाम ब्रेन्टन टेरन्ट लेखेका छन् । ट्वीटरमा उनी अस्ट्रेलियाको न्यू साउथ वेल्सका भएको उल्लेख छ । उनले ट्वीटरमार्फत आफूले गोली हान्दै गरेको भिडियो लाइभ स्ट्रिमसमेत गरेका थिए । यहाँ दिउँसो साढे १ बजे नमाज चलिरहेका बेला उनले आक्रमण गरेका थिए । पुलिसले ४ जनालाई हिरासतमा लिएको छ । उनीहरु ३ पुरुष र एक महिला छन् ।

notexzt

संदिग्ध बन्दुकधारीले आक्रमणभन्दा अगाडि ट्वीटरमा करिब ८७ पानाको घोषणापत्र पोस्ट गरेका थिए जहाँ यसलाई आतंकवादी आक्रमण भनेका छन् । नजिकैको लिनउड मस्जिदमा पनि केही मानिसहरुमाथि गोली प्रहार भएको बताइएको छ । क्राइस्टचर्च अस्पतालबाहिर पनि गोलीबारी भएको छ र यहाँका केही अन्य मस्जिदमा पनि बम लगाइएको पाइएको छ । पुलिसले घटनालाई गम्भीर बताउँदै स्थानीयलाई घरबाहिर ननिस्किन भनेको छ ।

notext

राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री जेसिन्डा आर्डर्नले अहिलेसम्म स्थिति स्पष्ट नभएको बताएकी छन्। उनले भनिन्, ‘अहिले मैले भन्न सक्ने भनेको आजको दिन न्यूजिल्यान्डको कालो दिनमध्ये एक हुनेछ।’ अल नूर मस्जिदमा रहेका मोहन इब्राहिमले स्थानीन समाचारपत्रलाई भने,’पहिले त बिजुलीको झट्का होला भन्ठानेका थियौँ। तर त्यसपछि सबै मानिसहरू भाग्न थाले।’ भिडियो हेर्नुहोस् –

‘मेरा केही साथीहरू अझै भित्रै छन्। मैले साथीहरूलाई फोन गर्ने प्रयास गरेँ।, तर धेरैसँग सम्पर्क भएको छैन। मलाई साथीहरूको पीर लागेको छ।’ घटनामा कति आक्रमणकारी थिए भन्ने कुरा स्पष्ट भइसकेको छैन। तर न्यूजिल्यान्ड हेराल्ड पत्रिकाका अनुसार एक बन्दुकधारी अस्ट्रेलियाका नागरिक हुन् जसले आप्रवासीहरूविरुद्ध लेखेका छन्। आक्रमणकारीले भिडिओ खिच्दै मानिस मारेको भनि एउटा भिडिओ बाहिर आएको छ।

प्रतिक्रिया