1292
Shares
भारतमा प्राय भवन र पुल जस्ता संरचनाहरु भत्किएर कयौ नागरिकहरुको ज्यान जाने गरेको छ । यसैबीच भारतको मुम्बईमा हिजो एउटा आकाशे पुल भत्किँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ । मुम्बई रेल स्टेसन नजिकै पैदलयात्रीका लागि बनाइएको पुल अकस्मात भत्किँदा ६ जनाको मृत्यु र ३० जनाभन्दा बढी घाइते भएका छन् । बिहीबार स्थानीय समयअनुसार मुम्बईस्थित छत्रपति शिवासी स्टेसनको पुल साँझ ७ः३० बजे भाँचिएको हो ।

दिउँसोमात्र मर्मत भएको सो पुल भत्किएर भएको मानविय क्षतिप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् । महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फड्नभिसले दुर्घटनाको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न निर्देशन दिएका छन् । स्मरण रहोस भारतको वाराणसीमा पनि एक वर्षअघि पुल भत्किँएर नै १८ जनाको मृत्यु भएको थियो ।