२०८३, २ जेष्ठ शनिबार
×

ट्रेन्डिङ

डाइनामो किभलाई पराजित गर्दै चेल्सी युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश

2762 Shares
Spread the love

एजेन्सी- युरोपा लिग फुटबल अन्तर्गत बिहीवार राति भएको प्रिक्वाटरफाइनलमा डाइनामो किभलाई ५–० गोलअन्तरले पराजित गर्दै चेल्सी क्वाटरफाइनलमा प्रवेश गरेको छ । समग्रमा ८–० गोलको जित बनाउँदै चेल्सी क्वाटरफाइनल प्रवेश गरेको हो । पहिलो लेगमा चेल्सीले डाइनामो किभलाई ३–० ले पराजित गरेको थियो ।

चेल्सीको जितमा ओलिभियर जिराउडले ह्याट्रिक र मार्कस एलन्स र कलुम हुड्सन ओडोइले समान १–१ गोल गरे ।

५ औँ मिनेटमा जिराउड को गोलबाट अग्रता बनाएको चेल्सीका लागि उनले ३३ औं मिनेटमा अर्को गोल गर्दै दोब्बर अग्रता बनाए । पहिलो हाफको अतिरिक्त समयमा एलन्सले गोल गरेपछि चेल्सीले ३ गोलको अग्रता बनायो ।पहलिो हाफमा गोलरहिछ रहेको डाइनामो किभका लासग दोस्रो हाफमा पनि कसैले गोल गर्न सकेनन् ।

५९औं जिराउडले तेस्रो गोल गर्दै चेल्सीलाई ४ गोलको अग्रता दिलाए । ७८औं मिनेटमा हुड्सनले गोल गरेपछि चेल्सीले डाइनामोलाई ५–० गोलअन्तरले पराजित गरेको हो । योसँगै चेल्सी उच्च प्रर्दशनका साथ क्वाटरफाइनल प्रवेश गरेको हो ।

प्रतिक्रिया