२०८३, १० कार्तिक सोमबार
×

“इमरान त्यति नै उदार भए मसूद अजहर हामीलाई सुम्पिउन” :-भारत

1818 Shares

फागुन ३० – भारत पाकिस्तानसंग उसको भुमिमा रहेका आतंककारीहरुलाई कारवाही नगरेसम्म कुनै पनि अन्तराष्ट्रिय बैठकहरुमा एकसाथ नबस्ने बताउँदै आएको थियो । त्यसमाथि पनि पुलवामामा भएको आक्रमणपछि भारत पाकिस्तानबीचको हरेक सम्बन्ध यतिबेला बिग्रिएको अवस्था छ । सम्भावित युद्धको संकट टरे पनि जैस ए मोहम्मद चरमपंथी संगठन पाकिस्तानमा रहेकोले उ भारतको आँखामा बिझिरहेको छ । पाकिस्तानले बारम्बार वार्ताका लागि आह्वान गर्दा पनि भारतले सुनेको छैन । यसबीचमा भारतीय विदेशमन्त्री सुषमा स्वराजले पाकिस्तानले आफ्नो जमिनबाट संचालित चरमपन्थी अड्डालाई कारवाही नगरेसम्म कुनै पनि वार्ता र छलफल नहुने बताएकीछिन् ।

notext

पाकिस्तानले जैस ए लाई समर्थन गर्दे मसूद अहजरलाई कारवाही नगरी जोगाईरहेको भन्दै भारतले आरोप लगाईरहेको बेला सुषमा स्वराजले यस्तो बताउकी हुन् । उनले आतंकवाद र वार्ता एकसाथ हुनै नसक्ने बताएकी हुन् । शान्तीको पहल गरेकै कारण विश्वभर इमरान खानको चर्चा भईरहेको बेला उनले यदि इमरान त्यती नै उदार भए मसूद अजहर भारतलाई सुम्पिन समेत चेतावनी दिईन् । ‘इन्डियाज वर्ल्डः मोदी गभर्नमेन्ट्स फरन पोलिसी’ माथि छलफलमा उनले पटकपटक द्वीपक्षीय सम्बन्धलाई बर्बाद पार्न खोजिरहने पाकिस्तानले आइएसआई र आफ्नो सेनामाथि नियन्त्रण गर्नुपर्ने विचार व्यक्त गरिन् ।

उनले भनिन् “हामी आतंकवादमाथि कुरा गर्न चाहन्नौं, हामी त्यसमाथि कारवाही चाहन्छौं । आतंक र वार्ता एकै पटक हुन सक्दैन “। उनले पाकिस्तानको बालाकोटमा भएको भारतीय आक्रमण जैस ए मोहम्मदको इलाका ध्वस्त पार्न गरिएको बताईन् । पाकिस्तानले जैस ए लाई समर्थन गरिरहेको आरोप लगाउदै भनिन् “जैशको तर्फबाट पाकिस्तानी सेनाले हामीमाथि हमला किन गरे रु तपाईंहरुले जैशलाई आफ्नो जमिनमा पालिराख्नु भएको छ, पैसा पनि दिइराख्नुभएको छ ? जब पीडित देश प्रतिरोध गर्छ तब आतंककारी संगठनको तर्फबाट हमला गर्छौ ।”  यता पाकिस्तानसंग सम्बन्ध राम्रो बनाउने बारे सुषमाले भनिन् यदि पाकिस्तान आफ्नो जमिनमा रहेका आतंकवाद र आतंककारीहरुलाई कारवाही गर्छ भने पाकिस्तानसँग राम्रो सम्बन्ध हुन सक्छ ।

प्रतिक्रिया