एजेन्सी- क्रिस्टियानो रोनाल्डोले एटलेटिको मड्रिडविरुद्धको खेलका ह्याट्रिक गरे संगै युभेन्टसले एट्लेटिको म्याड्रिडलाई अन्तिम १६ को दोस्रो लेगमा ३-० ले पराजित गरेको छ । बुधबार राति युभेन्ट्सको घरेलु मैदानमा भएको खेलमा समग्रमा ३-२ को जित बनाउँदै पहिलो लगेगमा २-०ले जितेको मड्रिडको रोनाल्डोको ह्याट्रिकमा पछारिएको हो ।
खेलको २७ औं मिनेटमा हेडिङ गोल मार्फत सुरुवाती अग्रता दिलाएको रोनाल्डोले खेलको ४८ औं मिनेटमा पुन हेडिङ गोल गर्दै युभेन्ट्सलाई दोब्बर अग्रता दिलाए ।
खेलको ८५ औं मिनेटमा फेडेरिको बर्नाडेस्कीमाथि डिबक्समा फाउल हुंदा युभेन्टसले पेनाल्टी पाएको थियो । सो पेनाल्टीमा रोनाल्डोले गोलकिपर जान ओब्लाकलाई विपरित दिशातर्फ पठाउंदै आफ्नो ह्याट्रिक तथा टोलीको उत्कृष्ट पुनरागमन सुनिश्चित गरेका हुन् ।
यो सँगै युभेन्टस च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ भने एट्लेटिको म्याड्रिड प्रतियोगिताबाट बाहिरिएको छ ।