काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाह मध्यतराईको भ्रमण निस्क्निे भएका छन् । उनीे सर्लाही, उदयपूर र सप्तरी लगायतका जिल्लाको भ्रमणमा जाने बताइएको छ ।
पूर्व राजा शाहले यहि फागुन २९ गतेबाट तराईको भ्रमण सुरु गर्ने छन्। २९ गते जनकपुरमा बास बसेर पूर्वराजा शाह फागुन ३० गते सर्लाहीको मलङ्गवा जाने कार्यक्रम रहेको उनको नीजी सचिवालयले जनाएको छ। त्यहाँ उनले दुर्गा मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम रहेको छ।
त्यहाँबाट उनी बास बस्न जनकपुर नै फर्किने छन् । यस्तै चैत १ गते उनले जानकी मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम रहेको जनाइएको छ। जनकपुरबाट उनी चैत २ गते उदयपुरको गाइघाट जाने कार्यक्रम रहेको छ। गाइघाटमा राधाकृष्ण मन्दिरमा पुजापाठ गर्ने कार्यक्रम रहेको छ भने ३ गते सप्तरीको सखडा भगवतीको दर्शन गर्ने कार्यक्रम रहेको छ।
१ साता अघि आमा एवम् पूर्वमुमा वडामहारानी रत्न राज्यलक्ष्मी देवी शाह अकस्मात् बिरामी परेपछि उनको भ्रमण एक साता पर धकेलिएको थियो।