२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

“विप्लवले मेरो नक्कल गर्न खोजे” :-प्रचण्ड

2755 Shares
Spread the love

फागुन २७ -नेकपाका अध्यक्ष एवं पूवै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विप्लव नेतृत्वको पार्टीलाई मुलधारको राजनितीमा आउन आग्रह गरेका छन् । आज पोखरामा प्रेस सङ्गठन नेपाल कास्कीद्वारा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले विप्लवलाई यस्तो आग्रह गरेका हुन् । उनले विप्लवले २५ वर्ष अघि आफुले जे कुरा गरेको सोहीको नक्कल गर्न खोजेको र त्यसको कुनै पार लाग्ने कुरा नभएको बताए ।

उनले भने “मैले झण्डै २५ वर्ष पहिले गरेको कुरा नक्कल गर्न खोज्नु भएको छ, यो पार लाग्ने बाटो होइन । त्यो बेला र अहिलेको परिस्थितिमा गुणात्मक परिवर्तन भएको थियो । प्रचण्डले गरेको जस्तै नक्कल गरेर म पनि प्रचण्ड हुन्छ भनेर सोच्नु मनोगत हुन्छ”। अब विप्लपको गतिविधीमा सरकार चुप लागेर बस्न नसक्ने भन्दै उनले कडा कदम चाल्ने बताए ।

नक्कल गरेरै अगाडी बढे विप्लव समुह र देशको लागि राम्रो कुरा नहुने बताए । उनले अब नेपालमा बिस्फोट र हतियारको राजनितीको कुनै अर्थ नभएको र बर्तमान अवस्थाको परिस्थिती नै गुणात्मकरुपले परिवर्तन भईसकेको अवस्था हतियारको राजनिती अब सम्भवन भएको बताए । यदि विप्लवको गतिविधी यस्तै रहिरहे सरकार चुप लागेर नबस्ने उनको चेतावनी थियो ।

यो पनि पढ्नुहोस

“रवीन्द्र अधिकारीको पत्नीलाई टिकट दिन सकिन्छ” :-प्रचण्ड

फागुन २७- संस्कृती पर्यटन तथा उड्डयनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएसंगै उनको क्षेत्रमा हुने उपनिर्वाचन नेकपा नेता बामदेव गौतम उठ्ने तयारी गरिरहेको भन्दै दुबै चर्चा भयो तर यस्ता खबरहरु बाहिरिएपछि नेता गौतमले आफनो चरित्र हत्या गर्ने नियतले यस्तो कु प्रचार गरेको भन्दै स्वर्गीय  मन्त्री अधिकारीको क्षेत्रमा हुने उपनिर्वाचनमा परिवार सदस्यलाई नै उम्मेदवार बनाउन लगाउने स्पष्टीकरण दिएका थिए । यता नेकपाका नेता तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रवीन्द्र अधिकारीको क्षेत्रमा उपनिर्वाचन हुँदा उनै पत्नीलाई उम्मेद्वार बनाउन सकिने बताएका छन् ।सोमबार पोखरामा पत्रकारहरुसंग कुरा गर्दे उनले मन्त्री अधिकारीको निधनपछि कास्की-२ को सांसदका लागि अधिकारी पत्नी विद्या भट्टराईलाई नेकपाले उम्मेदवार बनाउन सक्ने बताएका हुन्।

उनले बामदेवको समेत प्रसंग निकाल्दै उनको नाम यसै मुछिउको बताए । उनले भने “बामदेवजीको चर्चा त्यतिकै आयो। त्यो होइन। उहाँले खण्डन गरिसक्नुभयो। पार्टीले जिल्लाको पनि विचार र परिस्थिति हेर्नुपर्ने हुन्छ ’ दाहालले भने,‘परिवारको सदस्यभित्रबाट जाँदा उहाँको परिवार पनि राजनीतिक परिवार हो। नेतृत्व गर्न सक्ने क्षमता भएको उहाँको जीवन संगिनी पनि हुनुहुन्छ, विद्याजी। यी सबैप्रति विचार गरेर पार्टीले निर्णय गर्छ।” मन्त्री अधिकारीको ताप्लेजुङको पाथिभरा मन्दिरबाट फर्कने क्रममा गत फागुन १५ गते हेलिकप्टर दुर्घटनामा परी निधन भएको थियो ।

प्रतिक्रिया