२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

सरकार र राउतबीच भएको सहमतिप्रति शेखर कोइरालाले जनाए आपत्ति

1169 Shares
Spread the love

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले सरकार र स्वतन्त्र मधेस गठवन्धनका संयोजक सीके राउतबीच भएको ११ बुँदे सहमतिप्रति आपत्ति जनाएको छ ।

विद्रोही समूहलाई संविधान र राज्यको मूलधारमा ल्यायनु उपयुक्त भएपनि सहमतिको दोस्रो बुँदामा उल्लेखित ‘जनअभिमत’ शब्द राष्ट्रिय स्वाधिनता एवम् अखण्डताको विपक्षमा रहेको कोइरालाको भनाइ छ ।

सीके राउतसँग भएको सहमतिअनुसार नेपाली जनताले कुनै पनि हालतमा ‘जनअभिमत’ (जनमत संग्रह) स्वीकार गर्न नसक्ने कोइरालले जनाएका छन् ।

सीके राउतसँग भएको सहमतिमा दुवै पक्ष (सरकार र राउत)को नियतमा खोट देखिएको पनि कोइरालले बताए । ‘सहमतिको मसी सुक्न नपाउँदै जनकपुरमा सीक राउत समूहको जुन परिदृश्य देखियो त्यसले हामीलाई गम्भीर मात्रै बनाएको छैन, झस्काएको समेत छ,’ कोइरालाले भने, ‘दुवै पक्षबाट यसको अविलम्ब निदान हुन जरुरी छ ।’

प्रतिक्रिया