२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

काँग्रेस प्रवक्ता शर्माको आरोप –“केपी ओलीको राष्ट्रवाद सिके राउतको पाउमा पल्टियो”

1636 Shares
Spread the love

काठमाडौँ– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद सिके राउतको पाउमा पल्टिएको गम्भीर आरोप लगाएका छन् । काँग्रेसले आइतबार बागलुङ बजारमा गरेको विरोधसभामा प्रवक्ता शर्माले प्रधानमन्त्रीको राष्ट्रवाद दिन प्रतिदिन उदाँगो हुँदै गएको बताए ।

सिके राउतको विखण्डनवादी जालमा प्रधानमन्त्री ओली फसेर सम्झौता गर्न बाध्य भएको उनको तर्क थियो । ‘केपी ओलीको राष्ट्रवाद सिके राउतको पाउमा पल्टियो’ शर्माले भने, ‘जुन विषयमा जनमतसंग्रह गर्नै सकिँदैन भन्ने संविधानमा उल्लेख छ, त्यसैमा लम्पसार पर्नुभयो ।’

उनले प्रधानमन्त्री सिके राउतको विखण्डनवादी जालमा फसेर उनीसँग सहमति भएको समेत दाबी गरे । शर्माले कम्प्युनिष्ट दर्शन र खोक्रो राष्ट्रवादी भाषणले मात्र देश चल्न नसक्ने बताए । दुई तिहाईको सरकार भएकोले ५ वर्षमा काम गरेर देखाउने समय भए पनि एक वर्षमा संकेत दिन नसकेको उनको टिप्पणी थियो ।

देखिने गरी समृद्धिको जग बसाल्न नसकेको सरकारको कमजोरी देखाउन काँग्रेस जागरण अभियानमा निस्कनुपरेको शर्माको भनाई थियो ।

प्रतिक्रिया