२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

“देशमा राजनीतिक आन्दोलनका चरणहरु सकियो”– प्रधानमन्त्री ओली

759 Shares
Spread the love

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले छुट्टै राज्यको माग गरेर हिँडेको समूह देशको भौगोलिक अखण्डतालाई स्वीकार गर्दै मूल धारको राजनीतिमा आउनु ठूलो उपलव्धि भएको बताएका छन् ।

आइतबार किसान आयोगले गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले अब देशमा राजनीतिक आन्दोलनका चरणहरु सकिएको बताए । सीके राउतले विखण्डनको कुरा छोडेर सरकारसँग गरेको सहमति केहीलाई चित्त नबुझेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

‘अब कुनै पृथकतावाद छैन, समूह संगठन छैन नेपालमा, यद्दपी केही मान्छे कुनाकाप्चामा त्यसबाट छटपटाएका छन् परोलिएका छन् । विरालो रिसायो भने खाबो चिथोर्छ भने जस्तै’ प्रधानमन्त्री ओलीले भने,‘पृथकतावाद छोडेर मूलधारमा आउनु र त्यसरी ल्याउनु सकारात्मक र सफता होइन भने के हो त सफलता ?’

सम्झौता गर्ने राउतले देशको अखण्डता स्वीकार गरिसकेको बताउँदै ओलीले भने, ‘भन्नेले भनिरहेको छ फेरि पनि शंका !’

शंका, षड्यन्त्र, धोका जस्ता कुराहरुमाथिग आफ्नो विश्वास नभएको ओलीको भनाइ थियो ।

प्रतिक्रिया