एजेन्सी-लियोनल मेस्सी, जेरार्ड पिके तथा स्वारेजको गोलले रायो भालेकानो बार्सिलोनासँग ३-१ ले पराजित भएको छ।
स्पेनिस ला लिगा अन्तरगत शनिबार भएको खेलमा जित हासिल गरेसँगै बार्सिलोनाले लिग तालिकामा ७ अंकको स्पष्ट अन्तर बनाएको छ।
हिजोको खेलमा पहिलो अग्रता भने भालेकानोले लिएको थियो। उसका लागि सो गोल खेलको २४ औं मिनेटमा २० यार्डबाट प्रहार गर्दै डी तोमस गोमेजले गरेका थिए।
उसको अग्रतालाई पिकेले खेलको ३८ औं मिनेटमा बराबरी गरिदिए र पहिलो हाफ बराबरीमा टुङ्गियो। उनले मेस्सीले हानेको फ्रिकिकलाई गोलमा परिणत गरेका थिए।
बार्सिलोनालाई जित दिलाउने क्रममा दोश्रो गोल खेलको दोश्रो हाफको ५१ औं मिनेटमा लियोनेल मेस्सीले पेनाल्टी मार्फत गरे। यो गोलसँघै मेस्सीको ला लिगामा २५ खेलबाट २६ गोल भएको छ। यसैगरी तेश्रो गोल खेलको ८२ मिनेटमा स्वारेजले गरे।
जितसँगै लिगमा बार्सिलोनाले २७ खेलबाट ६३ अंक बटुलेको छ । उसलाई पछ्याइरहेको एथ्लिटिको मड्रिडको समान खेलबाट ५६ अंक छ।