२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

प्रधानमन्त्री ओलीले भने –“जनताको भोटलाई सरकारले ख्यालख्यालको रूपमा लिँदैन”

1701 Shares
Spread the love

रौतहट– शनिबार रौतहटको गरुडमा नेकपाको आम सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनताको भोटलाई ख्यालख्यालको रुपमा नलिएको बताएका छन् । गरुडमा भएको सभामा बोल्दै प्रधानमन्त्री ओलीले सरकारले जनताको भोटको उच्च मूल्यांकन गरीरहेको बताए ।

नेकपाको एकिकरण पछि तराईमा भएको आफ्नो पहिलो आमसभामा बोल्दै उनले मधेशमा विकासको राजनिति सुरु भएको समेत बताएका छन् । तराई मधेशमा पृथकतावादी अभियान चलाउँदै आएका व्यक्तिले समेत संविधान मानेर राज्यको मूलधारमा आएको भन्दै उनले भनेः “अब तराईमा पनि विकासको राजनिति सुरू भयो ।”

उनले स्थानीयतह देखी सरकारसम्म नेकपाको नेतृत्व भएको अवगत गराउँदै अबको राजनीती विकासको राजनित हुने र त्यसमा सहयोग गर्न तराईवासीलाई आग्रह समेत गरे । उनले सीके राउत संग भएको सम्झौतालाई इग्गित गर्दै भने, “अब तराईको विकास हुने कुरामा शंका नगर्दा हुन्छ ।”

प्रधानमन्त्री ओलीले सरकार जनताको नै भएको भन्दै सरकारले जनताको भोटको उच्च कदर गर्ने र देशमा व्याप्त भष्ट्राचार तथा अपराध जन्य घटनाको अन्य गर्ने सरकार लागि परेको बताए ।

प्रतिक्रिया