२०८३, १० कार्तिक सोमबार
×

“हाम्रो आक्रमणले पाकिस्तानको सातो गयो”:- मोदी

2997 Shares

फागुन २५- यतिबेला भारत पाकिस्तानबीच सम्भावित युद्ध टरेपनि तनाव भने अझै सकिएको छैन । पाकिस्तान शान्तीको पथमा हिड्दै विश्वभर वाह्वाही लुटिरहेको छ भने मोदी अझैपनि युद्ध र कारवाहीको धम्की दिईरहेका छन् । आगामी लोकसभा चुनावका लागि मोदीले पाकिस्तानसंगको सम्बन्धलाई चुनावी हतियार बनाईरहेका छन् । पाकिस्तान आफनो देशमा भएको चरमपंथी समूहलाई धरपकड गरिरहेको छ भने उसको कारवाहीप्रति पनि आंशका गर्दे मोदीले कडा चेतावनी दिईरहेका छन् । चुनावी आम सभा र विभिन्न कार्यक्रमहरुमा पुगिरहेका मोदीले विशाल जनसभामा पाकिस्तानबिरोधी देशभक्तीको अभिव्यक्ति दिईरहेका छन् । उनले अब भारतको छातीमा कुनै पनि आतंककारीहरुलाई बम र गोली ताक्ने नदिने बताएका छन् ।

notext

आज भएको एक कार्यक्रममा बोल्दै उनले पाकिस्तानमा रहेका आतंककारीहरुलाई भारतले उसकै भाषामा जवाफ दिने बताए । उनले भने “सन् २०१६ मा पहिलो पटक हाम्रो सरकारले आतंककारीलाई उसैको भाषामा जवाफ दियौ जुन उनीहरुले बुझने गर्छन् । उरी पछि सर्जिकल स्ट्राइक ग¥यौ । तब प्रमाण मागिरहेका थिए । अब पुलवामा आक्रमण भयो” । बालाकोटमा भएको आक्रमणकाबारेमा प्रश्नहरु उठ्न थालेपछि उनले बिपक्षी र केही पक्षले भारतीय सैनिकमाथि विश्वास नगरेको बताए । उनले भने “हाम्रा सैनिकले जुन काम गरे त्यो काम दशकौँसम्म भएको छैन । हाम्रो विर सैनिकहरुले आतंककारीको घरमा पसेर आक्रमण गरे ,आतंककारीलाई मारे” । पुलवामा आक्रमणपछि आतंककारीहरुले भारतले यसरी पनि आक्रमण गर्न सक्छन् भनेर नसोचेको बताए ।

उनले भने “पाकिस्तानको जमिनमा ट्यांक तैनाथ थिए । पुरै सजीसजाउ थियो । हामीले माथिबाट आक्रमण ग¥यौ । राती साढे तीन बजे पाकिस्तानको सातो नै गयो । पाकिस्तान यसरी डरायो की उसले बिहान पाँच बजे ट्वीट गर्न सुरु गरे” । उनले सन् २०१४ मा भएको २६ ११ घटनामा तत्कालिन सरकारले उचित कारवाही नगरेको कारण देशमा थप आक्रमण भएको बताए । उनले भने “आतंकवादबिरुद्ध पहिलेको सरकारले नीति बदलेन मात्र गृहमन्त्री बदल्यो” । भारतले आतंकवादबिरुद्ध गरेको हवाई हमलाको कारण उनीहरुले अब भारत पुरानो भारत नभएको बुझिसकेको उनको भनाई छ ।

प्रतिक्रिया