२०८३, १० कार्तिक सोमबार
×

“इमरानको नियत सफा छ तर मोदीको…?”:-परवेज मुशर्फ

1780 Shares

फागुन २४-  भारत पाकिस्तानबीच यतिबेला हवाई आक्रमण नभएपनि तनाव भने कम भएको छैन । मोदीले बारम्बार पाकिस्तानलाई अझै पनि हिंसाकै चेतावनी दिईरहेका छन् भने इमरान खान शान्तीका लागि पहल गरिरहेका छन् । त्यसोत भारत सिमा क्षेत्रमा अझै पनि गोलाबारी भने भई नै रहेका छन् । यसबीचमा पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुशर्फले भारत पाकिस्तानको वर्तमान अवस्थाको जिम्मेवार मोदी , राजनेता र आर्मी चिफ रहको आरोप लगाएका छन् । बीबीसीसंग अन्तरवार्ताको क्रममा उनले मोदी , राजनेता तथा भारतीय आर्मी चिफले पाकिस्तानसंगको समस्या सुल्झाउनै नचाहेको बताए ।

notext

उनले भने “मोदीको तर्फबाट यो समस्या समाधान हुँदैन । इमरान खान यसमा निरन्तर लागिरहेका छन् तर मोदी लगायतका अन्यहरु मिडियामा जसरी बोलिरहेका छन् , के यसरी सबै समस्या समाधान हुन्छ ?”। इमरानको नियत र सोच निकै राम्रो रहेको बताउँदै उनले मोदीको नियतमा भने खोट रहेको बताए । उनले भारतीय मिडियाको कारण मानिसहरुमा झनै घृणा र नकरात्मकता फैलाईरहेको बताउँदै उनले भने “भारतले बुझनु पर्छ पाकिस्तान पनि एउटा सक्षम मुलुक हो । यसलाई हल्कारुपमा नलिए हुन्छ । हरेक देशको आफै सम्प्रभुता हुन्छ” ।

भारतले पाकिस्तानमाथि गरेको हवाई आक्रमण पनि गलत रहेको बताउँदै मुशर्फ भन्छन् “भारत हाम्रो देशमाथि कसरी आक्रमण गर्न सक्छ ? हामी पाकिस्तानमाथि आक्रमण गर्न दिन्नौ । यदि गरे त्यसको जवाफ दिन्छौ । जुन हामीले ग¥यौ । समस्या झन बढ्यो । फेरी युद्धको तयारी सुरु भयो । अन्तराष्ट्रिय सिमा पार गर्ने अनुमती पाकिस्तान कसैलाई दिदैन” ।

notext

पाकिस्तानमाथि प्रधानमन्त्री भन्दा सेना हाबी भएको भन्ने हल्लालाई उनले गलत भन्दै इमरानले यतिबेला पाकिस्तानका लागि राम्रो काम गरिरहेको बताउँछन् । इमरानले राम्रो काम गरिरहेको तर भारतले उसको आलोचना मात्र गरेको आरोप लगाए । उनले भने “इमरान पाकिस्तानका लागि सही छन् त्यसैले भारत उनको आलोचना गर्छ । हामीलाई भारतको लागि होईन पाकिस्तानको लागि राम्रो लिडर चाहिएको हो जो इमरान हुन्” ।

प्रतिक्रिया