सरकार र सिके राउतबीच भएको आज सहमती भएको छ । स्वतन्त्र मधेस गठबन्धनका तर्फबाट सिके राउत र सरकारका तर्फबाट गृहमन्त्री राम बहादुर थापा बादलले ११ बुँदे सहमतीपत्रमा हस्ताक्षर गरेका थिए । यता सरकार र सिके राउतबीच भएको सहमतीबीच सत्तारुढ दल नेकपाभित्र नै असन्तुष्टी देखिएका छन् । राजनीतिक सहमति घोषणा कार्यक्रमअघि बसेको नेकपाको सचिवालय बैठकमा नेताहरुले सहमतिका केही बुँदाहरुमा असहमति जनाएका हुन् ।
सहमतिका बुँदाहरुमा सिके राउत पक्ष हाबी भएको भन्दै नेताहरुले असन्तुष्टि जाहेर गरेका हुन् । उनीहरुले आज भएका सहमतीका बुँदाहरु सच्चाउनु पर्ने माग गरेका छन् । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ र प्रभावशाली नेता वामदेव गौतमले राउतलाई विशेष महत्व दिईएको भन्दै आपत्ति जनाएका छन् । आज भएको कार्यक्रममा पनि माधव कुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम प्रवक्ता नारायणकाजी श्रेष्ठ उपस्थित भएका थिएनन् ।