काठमाडौं । नेपाल तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीले सरकारले विखण्डनवादी एजेण्डा बोक्नेसंग सम्झौता गर्नु दुखद रहेको बताएका छन् । देश टुक्राउनेजस्तो अभिव्यक्ति दिने र अभियान चलाउनेलाई कानुनी कारवाही गर्नुको साटो सरकारले सम्मान गरेको शाहीको आरोप छ ।
सरकारको कदमले नेपालमा जे गरेपनि हुन्छ भन्ने स्थापित भएको भन्दै जेल पठाउनुपर्ने व्यक्तिसंग प्रधानमन्त्री केपी ओलीले अंगालो हालेको बताउनुभयो । ‘नेपाल विभाजन गर्छु भन्नेलाई सम्मान गर्न सरकारको मुर्खता हो । प्रधानमन्त्रीले नेकपा विप्लव समूहलाई उत्तेजित बनाउने अभिव्यक्ति दिनुभएको छ । सिके, केपी र पिकेभन्दा विप्लव नै ठीक हुन् ।’, शाहीले भने ।
सरकारले राजनीतिक समूह र अपराधिक एवं विखण्डनकारी समूह छुट्याउन नसकेको भन्दै प्रधानमन्त्री ओलीको शासनकालमा राष्ट्रविरोधीले सम्मान पाउनुले ओलीको असली राष्ट्रवाद उदांगो भएको बताए ।