फागुन २४ – भारतीय वायु सेनाको विमान दुर्घटनाग्रस्त भएको छ । रुसमा निर्मित मिग २१ लडाकु विमान पाकिस्तानसँग सीमा जोडिएको राजस्थान राज्यको बिकानेर शहरनजिक दुर्घटनाग्रस्त भएको हो । नियमित हवाई गस्ती गर्ने क्रममा लडाकु विमानमा चरा आएर ठोक्किँदा दुर्घटना भएको बताईएको छ । दुर्घटनाग्रस्त लडाकु विमानका पाइलट भने सुरक्षित रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । विमानमा चरा ठोक्किएको भनिएतापनि दुर्घटनाको कारण बारे यतिबेला अनुसन्धान भईरहेका जनाईएको छ ।

पछिल्लो समय पुलवामा आक्रमणपछि भएका घटनाक्रमको कारण भारत पाकिस्तानले आफनो सिमा क्षेत्रमा निकै निगरानी बढाईरहेको छ । यसअघि पनि भारतको लडाकु विमान २ पटक दुर्घटनामा परिसकेको जहाँ १ जनाको मृत्यु भएको थियो । उता पाकिस्तानले पनि आफनो एयरस्पेशमा आएका २ वटा लडाकु विमान खसालेको थियो । जसमा एक जनाको मृत्यु भएको थियो भने एक जना पाईलट अभिनन्दनलाई केही समय अगाडी रिहा गरिसकेको छ ।