२०८३, १० कार्तिक सोमबार
×

पुलवामा शहिद परिवारलाई ११० करोड सहयोगको घोषणा गर्ने नेत्रहिन व्यक्तिको चर्चा

1222 Shares

फागुन २४-  कश्मिरको पुलवामा ४६ जना सेनाको हत्या हुने गरी भएको आंतककारी हमलापछि शहिद भएका सैनिकको परिवारका लागि सबै क्षेत्र र सबै बर्गबाट आर्थिक सहयोग दिईरहेका छ । उद्योगी , चलचित्रकर्मी लगायतले शहिद परिवारका लागि आर्थिक सहयोग गरिरहेका छन् । यसबीचमा भारतमा यतिबेला शहिद परिवारका लागि अहिलेसम्मकै ठुलो आर्थिक सहयोगको घोषणा गर्ने एक मुसलमान निकै चर्चामा आईरहेका छन् । भारतको कोटामा बस्दै आएका मुर्तजा अली नाम गरेका एक व्यक्तिले शहिद परिवारका लागि ११० करोड रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने घोषणा गरेका हुन् । जन्मजात नेत्रहिन रहेका मुर्तजा अली अटोमोबाइलका व्यापारीसमेत हुन् ।

उनले सो रकम देशका लागि प्राण दिएका सैनिकका परिवारका लागि खर्च गरियोस भन्ने उदेश्यले ११० करोड दिने घोषणा गरेका हुन् । उनको यस्तो घोषणालाई भारतीय मिडियाले प्राथामिकताका साथ छापिरहेका छन् भने जनताहरुले उनको यस घोषणाको प्रशंसा गरिरहेका छन् । उनी यतिबेला सामाजिक सञ्जालमा पनिकै भाईरल बनिरहेका छन् । यसका लागि उनले मोदीसंग व्यक्तिगतरुपले भेटघाट गर्न चाहेको तर प्रधानमन्त्री कार्यलयबाट ३-४ दिनभित्रमा जवाफ आउने पनि बताईएको छ ।

यता मुर्तजा अलीले गरेको घोषणा कतिको सत्य हो भन्ने बारेमा पनि चर्चा भईरहेको छ । किनकी ११० दान गर्ने कुरा सानो होईन त्यसमाथि पनि उनले दान गर्ने भनिएको रकमको श्रोतको समेत प्रश्न उठिरहेको छ । यसबारेमा मुर्तजा अली बीबीसीसंग भन्छन् “मेरो पैसाको श्रोत अरुलाई बताईराख्नु जरुरी छैन । म आफनो स्वच्क्षाले आफनो पेन कार्ड र अरु महत्वपुर्ण कागजपत्रका साथ पैसा दिदैछु” । तथापी यसबारेमा धेरैले आशंका पनि गरिरहेका छन् । यता मुर्तजा अली अटोमोबाइल व्यापारीमात्र होईन उनी अन्वेषक पनि हुन् । उनी यतिबेला फ्युल बर्न टेक्नोलोजी प्रोजेक्टमा पनि काम गरिरहेका छन् ।

उनले आफुले बनाएको टेक्नोलोजीको प्रयोग गरेको भए पुलवामा हमलामा ४६ जना सेनाको ज्यान जाने थिएन भन्दै दाबी समेत गरेका छन् । उनले काम गरिरहेको सो टेक्नोलोजी खरिद गर्न खाडी मुलुकबाट पनि आएको र एक लाख २० हजार करोेडको अफर गर्दा पनि नबचेको उनको दाबी छ । उता प्रधानमन्त्री कार्यलयले पनि मुर्तजा अलीले ११० करोड सहयोग गर्न चाहेको इमेल पठाएको र मोदीसंग भेटेरै सो चेक दिन चाहेको बताएको छ ।

उता फण्ड विभागका सचिव अग्नी कुमार दासले भने मुर्तजा अलीले ११० करोड र उनले रिसर्च गरिरहेको फ्युल बर्न टेक्नोलोजीको कागजपत्र मोदीलाई दिन चाहेको भन्दै फोन आएको बताए । उनले कार्यलयमा आएर रकम जम्मा गर्न भनिएपनि मुर्तजा अलीको अहिले सम्म पैसा र कुनै पनि कागजपत्र नआएको उनले बताए । यसरी मुर्तजा अलीले गरेको सो घोषणा चर्चाको लागि थियो वा वास्तविकरुपमा नै उनले शहिद परिवारलाई ११० करोड दिन चाहान्थे भन्नेबारे यतिबेला निकै चर्चा भईरहेको छ ।

प्रतिक्रिया