२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

“अब केहिदिनमै नेपालीको दाना पानि बन्द हुन्छ”

1694 Shares
Spread the love

काठमाडौँ, कैलाली जिल्ला अदालतले रमेश चौधरीलाइ जन्मकैदको फैसला सुनाएपछि राष्ट्रिय जनता पार्टी राजपाले आक्रोश व्यक्त गरेको छ। राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले जनताले निर्वाचित गरेको सांसदलाई अदालतबाट जन्मकैद फैसला भएकोमा त्यसविरुद्ध कडा संघर्ष गर्ने बताएका छन्।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले अधिकार प्राप्तिका लागि भएको सबै आन्दोलनमा सहभागी नेतालाई सजाय हुने भए विगतका सबै आन्दोलनका सहभागीलाई सजाय हुनुपर्ने विचार व्यक्त गरे ।

उनले वर्तमान संविधानप्रति अहिले पनि आदिवासी, थारू र मधेशी समुदायका असन्तुष्टि रहेको बताउँदै अधिकार प्राप्तिका लागि आन्दोलन जारी रहेको उल्लेख गरे । उनले समान विचारधारा मिल्ने पार्टीसँग मोर्चाबन्दी गरी संविधानमा पिछडिएका जनताको अधिकार प्राप्तका लागि शान्तिपूर्ण आन्दोलन केही दिनभित्र शुरु गर्ने बताए ।

यसैगरी अर्का अध्यक्ष मण्डलका सदस्य शरदसिंह भण्डारीले सांसदलाई फौज्दारी अभियोग लगाई न्याय सम्पादन गर्दा जनतामा वितृष्णा आउने बताए । उनले मधेश आन्दोलन र थारूहट आन्दोलन छानबिन आयोगको प्रतिवेदन सार्वजनिक गरेमा सवै सत्यतपथ्य जनताले थाहा पाउने बताए ।

राजपा नेपालको आन्दोलन मधेश केन्द्रित हुने भएकाले यदि यस पटक पनि मधेश आन्दोलनमा भारतबाट आउने सामग्रीमा पूर्ण प्रतिवन्ध लगाए जस्तै यसपटक पनि नेपालीको लागि दानापानी बन्द हुने निश्चित जस्तै छ। त्यसका लागि राजपाले केहिदिनमै विशाल आन्दोलन सुरु गर्ने घोषण गरेको छ।

प्रतिक्रिया