काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका उप कप्तान ज्ञानेन्द्र मल्ललाई चार खेलका लागि निलम्बन गरिएको छ । धनगढी प्रिमियर लिग क्रिकेट (डीपीएल)को दोस्रो क्वालिफायर खेल काठमाडौं गोल्डेन्सले बहिष्कार गरेको थियो । सो टीमका कप्तान मल्लमाथि टेक्निकल कमिटिले कारबाही गरेको हो ।
मैदानमा अनुपस्थित भएर खेल भावना विपरित गतिविधि गरेको भन्दै कमिटिले ज्ञानेन्द्रलाई काराबाही गरेको हो ।
डीपीएलको दोस्रो क्वालिफायर खेलमा रेफ्रीको निर्णयमा असहमती जनाउँदै काठमाडौं गोल्डेन्सले दोस्रो क्वालिफायर खेल बहिष्कार गरेको थियो ।
ज्ञानेन्द्रमाथिको कारबाही घरेलु क्रिकेटका लागि मात्र भएको र उलले अन्तराष्ट्रिय प्रतियोगिता भने खेल्न पाउने जनाइएको छ ।
बलर अंकित दवासलाई आयोजकले बलिङमा प्रतिबन्ध लगाएपछि काठमाडौं गोल्डेन्सले महेन्द्रनगर युनाईटेडसंगको दोस्रो क्वालिफायर खेल वहिष्कार गरेको थियो ।
मैदानमा अनुपस्थित नभएको घटनामा ४ खेलको निलम्बन गरिएको उपकप्तान मल्लले बताए । उनले कारबाही स्वीकार गर्नेुमेत बताए ।
यो कारबाहीसँगै ज्ञानेन्द्रले घरेलु क्रिकेटमा चार खेल खेल्न पाउने छैनन् ।