२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

सीके राउतलाई रिहा गर्न सर्वोच्चको आदेश (पत्र सहित)

1587 Shares
Spread the love

फागुन २३ – देश बिखण्डनको अभियान चलाएर हिडेका स्वतन्त्र मधेश गठबन्धनका संयोजक सीके राउतलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले दिएको छ । राज्य बिखण्डनको मुद्धा खेपिरहेका राउतलाई प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश पुरुषोतम भण्डारीको इजलासले राउतलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।

notext

जिल्ला अदालत रौतहटले गत मंसिर २० गते राउतलाई राज्य विरुद्धको सांगठनिक अपराध अन्तर्गतको मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउन आदेश जारी गरेको थियो ।राउत पक्षधरले अदालती बन्दोबस्तीको १७ नम्बर महलअन्तर्गत जिल्लाको आदेशविरुद्ध गत १५ गते सर्वोच्च अदालतमा निवेदन दायर गरेका थिए । उक्त आदेशलाई वदर गर्दै सर्वोच्चले थुनामुक्त गरेर अनुसन्धान गर्न आदेश दिएको हो । सीके राउतले राज्य विरुद्ध संगठित अपराध गरेको नदेखिएको र प्रमाण नपुगेको भन्दै उनलाई रिहा गर्न आदेश दिएको हो ।

प्रतिक्रिया