२०८३, २ जेष्ठ शनिबार
×

ट्रेन्डिङ

रंगशाला निर्माणका लागि काँग्रेस प्रवक्ता शर्माको सहयोग

1245 Shares
Spread the love

नेपाली काँग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणका लागि आर्थिक सहयोग हस्तान्तरण गरेका छन् । श्रीमति कविता शर्मासँग विवाह भएको १६ औं वर्षको अवसर पारेर उनले धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस)लाई सहयोग हस्तान्तरण गरेका हुन् ।

विवाह भएको १६ औँ वर्षगाँठमा उनले क्रिकेट रंगशाला निर्माण गर्न १६ हजार रुपैँया नै सहयोग गरेका छन् । सहयोग हस्तान्तरण गर्दै उनले यस्तै अवसरमा हुने खर्चको जोहो गरेर सबैले सानो सानो सहयोग गरे नेपालमा छिट्टै अन्र्तराष्ट्रियस्तरको रंगशाला निर्माण हुने विश्वास व्यक्त गरे ।
प्रत्येक नागरिकले देश बनाउने कर्तव्य मेरो हो भन्ने अनुभुत गरेमा देशको विकास हुन समय नलाग्ने भन्दै उनले रंगशाला निर्माणका लागि सकेको सहयोग गर्न सबैमा आव्हान पनि गरेका छन् ।

प्रतिक्रिया