फागुन २२ – सांसद रमेश चौधरी टिकापुर घटनामा दोषी ठहर भएपछि उनलाई जन्मकैदको फैसला सुनाईएको छ । यो फैसलासंगै उनको सांसद पद पनि गुम्ने भएको छ । यता राष्ट्रिय जनता पार्टी, नेपालका नेता राजेन्द्र महतोले जिल्ला अदालत कैलालीको फैसला मान्य नहुने चेतावनी समेत दिईसकेका छन् । उनले यो फैसलाले चौधरीमाथि अन्याय भएको भन्दै उनले मुलुकमा राष्ट्रिय विद्रोह सुरु गर्ने घोषणा समेत गरेका छन् ।

यसबीचमा राजपा नेपालले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । आफ्ना पार्टीका नेता रेशम चौधरीलाई कैलाली जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएपछि राजपा नेपालले आज सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । अध्यक्षमण्डलको बैठकले सो निर्णय लिएको हो ।
अदालतको फैसलाले राजपा नेपाललाई मर्माहत बनाएको समेत पार्टीले जनाएको छ । यसअघि पनि पार्टीले चौधरीलाई सांसदको सपथ नगराएको भन्दै राजपाले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने चेतावनी दिएपछि सरकारसंग भएको छलफलपछि चौधरीलाई सपथ ग्रहण गराईएको थियो । सपथ ग्रहणपछि पनि उनी कारागारमा नै रहेका थिए ।