802
Shares
काठमाडौं । राजपाका साँसद तथा टीकापुरका घटनाको मुख्य अभियुक्त रेशम चौधरीलाई आज कैलाली जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएपछि उनको सांसद पद के हुन्छ भन्ने जिज्ञाशा सर्वत्र उठेको छ ।
घटनामा दोषी ठहर भएपछि उनको सांसद पद स्वतः खारेज हुन कानूनी प्रवधान छ ।
अदालतले डाँका चोरी मुद्दा, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग मुद्धामा जन्म कैदको फैसला सुनाएपछि उनको पद स्वतः खारेजी हुने भएको हो ।
नैतिक पतन देखिने गरी फौजदारी कसुर प्रमाणित भएपछि सांसद पद स्वतः खारेज हुने कानूनी प्रावधान छ ।
जेलमा रहेका उनले ११ पुसमा सिंहदरबारमा पुगेर सासद पदको सपथ लिएका थिए । उनलाई २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा एक नाबालकसहित सात प्रहरीको हत्या गरिएको मुद्धामा विपक्षी बनाइएको थियो ।