२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

विप्लव विरुद्ध रोल्पामा मुद्धा दर्ता

1458 Shares
Spread the love

काठमाडौं । विद्रोही नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ का नाममा रोल्पामा मुद्दा दायर भएको छ ।  विप्लवको प्रत्यक्ष आदेशमा रोल्पाको सुलिचौरको नेपाल टेलिकमको टावर र गजुलको एनसेल टावरमा केही हप्ताअघि आगजनी गरिएको भन्दै प्रहरीले विप्लव सहित जिल्लास्तरका दर्जन बढी नेताका नाममा मुद्दा दायर भएको हो ।

रोल्पा जिल्ला प्रहरी कार्यालयले मंगलबार विप्लव सहितका नेताका नाउँमा मुद्दा दायर गरिएको जनाएको छ । टावरमाथि आगजनीमा संलग्न रहेको आरोपमा तीनजनालाई पक्राउ गरिएको छ ।

‘विभिन्न स्थानबाट नेकपाका तीनजनालाई पक्राउ गरिएको हो । परिवर्तन गाउँपालिका इरिबाङमा जन्मिएका विप्लव सहितलाई जिल्लामा मुद्दा दायर गरिएको यो पहिलो पटक भएको बताइएको छ ।

प्रतिक्रिया