२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

गला अवरुद्ध पार्दे विधाले भनिन् “रवीन्द्रको अभाव देशले पनि महसुस गरिरहेको छ”

922 Shares
Spread the love

फागुन २१ – ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीको निधन भयो । उनको निधनले परिवार त छदैछ देश पनि शोकमा डुब्यो । त्यसमाथि पनि आफनो श्रीमान गुमाउदाको पीडा अधिकारी पत्नी विद्या भट्टराईलाई कम भएन । मन्त्री अधिकारीकै लागि आफनो राजनिती जीवनलाई त्याग गरेकी विद्याको रवीन्द्रको राजनिती यात्रामा ठुलो साथ दिएकी थिईन् । किरियामै रहेका बेला आज पोखरामा नै आयोजना गरिएको श्रद्धाञ्जली सभामा उनले उपस्थिती जनाईन् । आफनो दिवंगत श्रीमानको तस्बिरमा फूल चढाउँदै मन्तव्य राखिन् ।

notext

गला अवरुद्ध बनाउँदै विधाले पहिले त शुभेच्छुक, पार्टी सरकार र देशलाई धन्यवाद दिईन् । देशले आफनो श्रीमानलाई उच्च सम्मान दिएको भन्दै उनले धन्यवाद दिईन् । सभामा बोल्दै उनले रवीन्द्रको अभाव परिवारले मात्र नगरिकन देशले पनि महसुस गरेको बताईन् । उनले भनिन् “सिंगो देशले रवीन्द्रको अभाव महसुस गरिरहेको छ । देश छ पार्टी छ, आमजनसमुदाय हाम्रो साथमा भएकाले ठाडो शिर बनाएर यहाँ उभिएकी छु ।

हामीले त्यो विश्वास नपाएको भए म यहाँ आएर उभिन सक्दिन थिएँ ।” रवीन्द्रले देखेका सपनाहरु पुरा गर्न देश  पार्टीसंगै परिवार पनि लाग्ने उनको भनाई छ । रवीन्द्रको जीवनमा आफू राजनीतिक कारणले नै जोडिएको स्मरण गर्दे भनिन् “उहाँको राजनीतिलाई साथ दिएँ भने अब्बल निस्कनुहुन्छ भन्ने थियो । मैले आफू प्राज्ञिक क्षेत्रतिर लागेँ । उहाँ उत्कृष्ट, अब्बल र सक्षम भएर निस्कनुपर्छ भन्ने थियो । त्यो सोचलाई सबैको साथले ऊर्जा प्राप्त गरेको छ ।”

प्रतिक्रिया